विन्ध्येश्वरी स्कुलमा आँखा जाँच
समाधान संवाददाता
२०८१ चैत २५ गते १०:४४

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल पोखरा १ मा वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनका साथमा आँखा परीक्षण गरिएको छ । शिविरमा हिमालय आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थियो ।
शिविरमा अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयले पनि आँखा परीक्षण गराएका थिए । साँस्कृतिक कार्यक्रमका साथ भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ का लागि कार्ययोजना प्रस्तुत गरे । समारोहमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई अवार्ड वितरण गरिएको छ । विद्यालयका संस्थापक शम्भु कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया