कालाबाङमा ४७ दिनमै खानेपानी योजना तयार

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना जम्मा डेढ महिनामै सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । ४३ लाखभन्दा बढी लागतमा निर्माण गरिएको उक्त खानेपानी परियोजनामा गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख ८८५ र स्थानीय बासिन्दाको ५ लाखमा तयार भएको हो ।
यो खानेपानी परियोजनाबाट कालाबाङ घरेडी गाउँका १ सय घर परिवार प्रत्यक्ष लाभन्वित भएका छन् । गन्जेखोला भएको ढुंगेधाराको पानी लिप्mिटङ प्रविधिबाट १ हजार ३ सय ७० मिटर हाइटमा लगी गाउँलेलाई वितरण गरिएको छ । ढुंगेधाराको पानीलाई १० घनमिटर क्षमताको पानी टंकीमा संकलन गरी गाउँको सिरानमा रहेको सिम्लेच्योमा २० घन लिटर खानेपानीको टंकीमा लिफ्टिङ प्रविधिबाट लगिएको गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) अन्तर्गत खानेपानी बिभागका प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले वताए ।
कार्यक्रममा पोखरा २२ का वडा सदस्य सञ्जीव गुरुङले कालाबाङ घरेडीमा निर्मित लिफ्टिङ खानेपानी योजनाको संरक्षण र संवद्र्धन गरी नमुना बनाउन अनुरोध गरे । छहरे न्हेमे कालाबाङ खानेपानी उपभोक्ता समिति अन्तर्गतका उपभोक्ताले प्रयोग गर्दै आएको पानी चैत, वैशाख महिनाको सुख्खा मौसममा खानेपानीको अभाव भएकोमा यो योजनाले उक्त अभावको परिपूर्ति गर्ने अध्यक्ष यामबहादुर गुरुङले बताए ।
सोही अवसरमा गन्जेखोला कालाबाङ घरेडी लिफ्टिङ खानेपानी उपभोक्ता समितिका सल्लाहकार प्रकाशचन्द्र गुरुङ, राजबहादुर गुरुङ लगायतले गोेर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानीमा गरेको लगानीको सराहना गरे । उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ध्रुवराज पौडेलले पनि बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया