एबिसी भेट्रान्समा क्वाटर फाइनलका खेल सम्पन्न

पोखरा । पोखरा रंगशालामा जारी तेश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड फुटवलमा क्वाटर फाइनल तर्फका खेलहरु सम्पन्न भएका छन । सोमबारदेखि जारी रहेको एबिसी कपमा मंगलबार क्वाटर फाइनल तर्फका ४ खेल सम्पन्न भएका हुन् ।
मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा हेटौडाले एक्स वरियरलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गर्यो । उक्त खेलमा हेटौडाका विष्णु सुनुवार प्लेयर अफ दी म्याच घोषित भए । दोश्रो खेलमा चितवन भेट्रान्सले संगम भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । उक्त खेलमा चितवनको तर्फबाट धर्मेन्द्र शाही र रविन्द्र श्रेष्ठले २–२ गोल गरेभने प्लेयर अफदी म्याच रबिन्द्र श्रेष्ठ घोषित भए ।
यस्तै एसएन केसी भेट्रान निलोले ढोलाहिटी फ्रीडम फाइटरलाई १–० ले स्तब्ध पार्यो ।
ढोलाहिटी लगातार दुई पटकको च्याम्पियन टिम समेत हो । एस.एन.के.सि. को जितमा प्रकाश रानामगरले गोल गरे । उक्त खेलमा प्रकाश राना मगर प्लेयर अफ दी म्याच घोषित भए । त्यस्तै रुपन्देही ११ भेट्रानले बगर भाइखलकलाई १–० ले पाखा लगायो । रुपन्देहीको जितमा पूर्णबहादुर लामाले गरेको एक गोलनै निर्णायक बन्न पुग्यो । खेलमा लामा प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया