सेन्साइमा एक्सप्लस

पोखरा ।
सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई, ह्(एगकिभ सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत सेन्साइ ब्रान्डका घरायसी सामानको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहार दिइनेछ ।
बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाइका राखिएको छ ।सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने कम्पनीको दाबी छ ।
यस अभियानमा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुन विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्छ ।
ग्राहकको सुविधाका लागि सिजी इलेकट्रोनिक्सले पुराना उपकरण सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनका लागि शून्य प्रतिशतमा किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ ।
सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकको आवश्यकता पूरा गर्दै आएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया