नारायणी नदीमा डुबेका २ जनाको सव फेला
समाधान संवाददाता
२०८१ चैत २६ गते १३:१५

पोखरा।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको छ।
१३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा चैत २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बढाथोकीको नेतृत्वमा खटिएको गोताखोर टोली परिचालन गरिएको थियो।
टोलीले स्वपनि र दिक्षाको शव ५० फिट गहिराइबाट फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
शवहरू पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया