ताराखोला ३ का वडाध्यक्ष मृतावस्थामा भेटिए
समाधान संवाददाता
२०८१ चैत २६ गते १५:०१

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मृत भेटिएका छन् । ताराखोला गाउँपालिका ३ काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी बुधबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्दार गर्नुको साथै थप अनुसन्धान सरु गरेको छ।
बुधबार बिहान साढे ११ बजेतिर भण्डारी मृत भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएको थिए ।
सम्बन्धित








गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया