केन्टको नयाँ वर्ष अफर

पोखरा ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड केन्टले नयाँ वर्ष २०८२ को अवसरमा नयाँ अभियान सार्वजनिक गरेको छ । ‘शत प्रतिशत शुद्ध पानीको प्रतिबद्धतासहित नयाँ वर्षको सुरुआत गरौँ’ भन्ने नाराका साथ सुरु गरिएको यो अभियानले उपभोक्तालाई शुद्ध पानीको सुनिश्चितता दिनुका साथै विशेष उपहारको व्यवस्था गरेको छ ।
अभियान अन्तर्गत केन्ट खनिज आरओ किन्दा ग्राहकले निःशुल्क सिजी विद्युतीय केटल प्राप्त गर्न सक्नेछन् । केन्टको पानी सफा गर्ने यन्त्र अत्याधुनिक प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ । जसमा बहुपरस्तरीय शुद्धिकरण प्रक्रिया, पानीको कुनै बर्बादी नहुने प्रविधि, शतप्रतिशत शुद्ध पानीको ग्यारेन्टी, आवश्यक खनिज तत्वहरू सुरक्षित राख्ने प्रविधि, तथा पराबैजनी एलइडी प्रकाश प्रविधि जस्ता विशेषता छन् ।
ग्राहकको सुविधा ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सले १२ महिनाको ग्यारेन्टी, निःशुल्क वितरण, निःशुल्क जडान तथा शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ । ग्राहकले क्युआर कोड प्रयोग गरी थप जानकारी लिन सक्ने र यस अफरमा सहभागी हुन सक्ने व्यवस्था पनि गरिएको छ । सिजी इलेक्ट्रोनिक्सले नेपालमा केन्ट लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय घरायसी तथा विद्युतीय सामग्री वितरण गर्दै आएको छ ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया