सिजीका सामान किन्दा थाइल्यान्ड घुम्न जाने अवसर

पोखरा ।
इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर पाउन सक्ने योजना सार्वजनिक गरेको हो ।
नयाँ वर्ष २०८२ को अवसरमा सिजी एसडिएले लेभल अप अभियानअन्तर्गत लेभल अप विथ सिजी, लाइफ हुन्छ इजी नामक उपभोक्ता योजनाक घोषणा गरेको छ । साना घरायसी उपकरण (एसडीए) प्रवद्र्धन गर्न लक्षित यो अभियानले ग्राहकलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्ने छ ।
यो योजना २२ चैतदेखि लागू गरिएको छ । योजनामा सहभागी हुन ग्राहकले सिजी एसडीए उत्पादन खरिद गरी क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्छ । योजनाका मुख्य आकर्षणमा साप्ताहिक पुरस्कारहरू छन् । ग्राहकले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
बम्पर पुरस्कारका रूपमा अभियानको अन्त्यमा भाग्यशाली एक जनालाई थाइल्यान्ड भ्रमण र सिजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर दिइनेछ । यो योजना सिजी डिजिटलका आउटलेट र देशभरका च्यानल पार्टनरमार्फत कार्यान्वयन गरिसकिएको कम्पनीले जनाएको छ । सिजी नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैँ उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया