त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
समाधान संवाददाता
२०८१ चैत २७ गते १६:२३

पोखरा । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।
बिहीबार बरालको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए । स्वास्थ्यको समस्या देखाए पनि सरकारकै कारण काम गर्न असहज भएपछि बरालले राजीनामा दिएर पोखरास्थित घरमा आएर बसेका थिए ।
बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहजीकरण समेत गरेकी थिइन् । बराललाई फकाउन कुलपति र रेक्टर पोखरै आएका थिए ।
राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न अलमल गरेको सरकारले अब त्रिविवि कुलपति नियुक्तिका लागि कतिन्जेल पर्खिन्छ त्यो भने हेर्न बाँकी छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया