हिमालय आँखा अस्पताललाई सिटिजन बैंकले दियो कुर्सी

पोखरा । सिटिजन बैंकले पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको हिमालय आँखा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरलाई कुर्सी हस्तान्तरण गरे ।
बैंकले १६ सिट भएका कुर्सी एक लाखमा खरिद गरी अस्पताmलाई प्रदान गरेको सिटिजन बैंक विरौटा शाखाका प्रबन्धक अनुप अधिकारीले बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाग्राहीको विशेष चाप रहने आँखा अस्पताललाई सामाजिक उत्तरदायित्व बहन गर्दै कुर्सी हस्तान्तरण गरिएको जनाए ।
सिटिजन बैंकका देशभर २ सय शाखा छन् । पोखरा महानगरमा मात्रै ४ शाखा सञ्चालन गरेको बैंककले गण्डकीका ८ जिल्लामा शाखा विस्तार गरिसकेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष थापामगरले सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य र समन्वय रहने अपेक्षा गरे ।
पोखराको घारीपाटनमा रहेको आँखा अस्पतालले गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सेवा दिने गरेको छ । नेत्र ज्योति संघ कास्कीले सञ्चालन गरेको यो अस्पतालले बिरामी जाँचका अतिरिक्त आँखासम्बन्धी औपचारिक शिक्षा र दुर्गम क्षेत्रमा आँखा शिविरहरु गर्दै आएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया