लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोडे, मकालु शिखरको मार्ग खुल्यो
समाधान संवाददाता
२०८१ चैत २८ गते ९:४१

पोखरा । प्रसिद्ध आरोही लाक्पा शेर्पाले मकालु हिमाल ८ हजार ४ सय ८५ मिटर आठौं पटक सफलतापूर्वक आरोहण गरेका छन्। डोरी बाँध्ने टोलीको नेतृत्व गर्दै उनले २०२५ को वसन्त यामका लागि विश्वको पाँचौं अग्लो शिखरको आरोहण मार्ग आधिकारिक रूपमा खोलेका हुन्।
सेभेन समिट ट्रेक्स का अनुसार बुधबार बिहान करिब १०:२० बजे आरोहण सम्पन्न भएको हो। टोलीसँगै किपा शेर्पाले पनि सफलतापूर्वक शिखर टेकेका हुन् ।
मार्ग खुलेपछि अब उचाइ अनुकूलन प्रक्रिया पूरा गरेका आरोहीहरू शिखरतर्फको प्रयासका लागि तयारीमा छन् भने अन्य आरोहीहरू आधार शिविरतर्फ लागेका छन्। यो सफल आरोहण यस सिजनको मकालु हिमालको पहिलो शिखर आरोहण हो ।
सम्बन्धित







पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया