गैसस महासंघ कास्कीमा इन्दिरा पौडेल

पोखरा । गैर सरकारी संस्था महासंघ कास्कीको २४ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन भएको छ । अधिवेशनको क्रममा जिल्ला नागरिक सम्मेलन भएको छ ।
अधिवेशनबाट अध्यक्ष इन्दिरा पौडेलको नेतृत्वमा १६ सदस्यीय कार्य समिति निर्विरोध भएका छन् । निवर्तमान अध्यक्ष बुद्धिबहादुर थापा, उपाध्यक्ष सरोजनारायण बराल, सचिव केशु भुजेल, सहसचिव शिव शर्मा चापागाईं र कोषाध्यक्ष विष्णुप्रसाद बराल छन् । कार्य समितिको सदस्यमा विना पुन, डिल्लीराम गिरी, मीना लिगल, योगराज पौडेल, बोबिन नेपाली, विमला केसी, कृष्णमाया गुरुङ, सावित्री भट्टराई, सुरेन्द्र परियार, रजनी थकाली र प्रकाश गिरी निर्विरोध भएका छन् ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद बरालले स्थापना गरेको चन्द्रकृष्ण सामाजिक सेवा पुरस्कारबाट सामाजिक अभियन्ता दिलबहादुर गुरुङलाई १० हजार ५ रुपैयाँ सहित सम्मान गरिएको छ । सल्लाहकार बरालले त्यसको लागि १ लाखको अक्षयकोष खडा गरेका छन् । सो अक्षयकोषको ब्याजबाट सामाजिक क्षेत्रका उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई बर्सेनि पुरस्कृत गर्ने सल्लाहकार बरालले जानकारी दिए । समारोहमा गैसस महासंघ नेपालका पूर्व अध्यक्ष रामप्रसाद सुवेदीलाई सम्मान गरिएको छ । कार्यक्रममा विष्णुप्रसाद बराल र सरु अधिकारीलाई प्रशंसापत्र प्रदान गरियो ।
गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुनकुमार भट्टराईले अधिवेशनको उद्घाटन गर्दै मुलुकको समग्र विकास र समुन्नत समाज निर्माणमा सामाजिक संस्थाको योगदान रहेको बताए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले सामाजिक संघ संस्थाको सहकार्यमा विकास निर्माणको काम अगाडि बढाउने उल्लेख गरे ।
कार्यक्रममा गैसस महासंघ नेपालका पूर्वअध्यक्ष सुवेदी, नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपसचिव सन्तु सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुशीलमान प्रधानांग, गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, कास्कीका अध्यक्ष थापा,, उपाध्यक्ष इन्दिरा पौडेल, सचिव सरोजनारायण बराल लगायतले विकास निर्माणमा सामाजिक संघ संस्थाको भूमिकाबारे बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया