तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त तुलसी सम्मानित

पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्रान्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा उनलाई दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगन गुरुङ, महासचिव रमेश पौडेल समेतले बधाईसहित उनलाई सम्मान गरेका हुन् । नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष पोखरेलले तुलसीकुमारबाटै आफूले तेक्वान्दोको यात्रा सुरु गरी एसियान गेम्ससम्म पुगेको स्मरण गरे ।
गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगनले तेक्वान्दो खेलमा तुलसीकुमारले एउटा इतिहास रचेको जनाए । सम्मानित तुलसीकुमारले आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्धता र आत्मविश्वास महत्वपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्षसमेत रहेका संघका महासचिव रमेश पौडेलले यो सम्मान सम्पूर्ण खेलजगत्को सम्मान भएको र यस क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्ने जनाए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार सुनीलकुमार गुरुङले खेल क्षेत्रमा लाग्न उनको प्रेरणा रहेको स्मरण गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका नवनियुक्त उपाध्यक्ष तिलकबहादुर क्षेत्री, खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव अधिवक्ता शिव वाग्ले, संघ कास्कीका सचिव दीपेन्द्र पहारी लगायतले गुरुङलाई बधाई दिँदै आगामी दिनमा नेपालमै रहेर खेलकुद क्षेत्रको विकासमा लाग्न आग्रह गरे ।
पोखरा १० निवासी उनले गत डिसेम्बरमा तेक्वान्दोमा सबैभन्दा माथिल्लो र सर्वोच्च उपाधि प्राप्त गरेका थिए । उनले कोरिया सियोलको विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा उत्तीर्ण गरेका थिए । ६६ वर्षीय गुरुङ सुरुमा स्वीमिङ खेलाडी रहेकोमा पछि तेक्वान्दोमा लागेका हुन् ।
पूर्वब्रिटिस गोर्खा सैनिक तुलसी गुरुङ हाल हङकङ बस्छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत हुन् । प्रदेश खेलकुद परिषद् गण्डकीका टेक्निकल डाइरेक्टर बलराम लामा तुलसीकुमारबाहेक नेपाली अरु कसैले तेक्वान्दो खेलमा ४ डान लिएको जानकारी नपाएको सुनाए ।
संघले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गर्ने रेकमाया गुरुङलाई पनि सम्मान गरेको छ । कोरियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्युकिवोन अध्यक्षले प्रदान गरेको बेल्टबाट उनलाई सम्मान गरिएको हो । तेक्वान्दोमा ६ डान ब्ल्याक बेल्ट प्राप्त गर्ने उनी गण्डकीको पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुन् । पुन्से विधामा अन्तर्राष्ट्रिय रेफ्री प्राप्त गर्ने उनी पहिलो नेपाली महिला हुन् । स्याङ्जाकी रेकमाया २५ वर्षदेखि तेक्वान्दोमा क्रियाशील छिन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया