वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका छन् ।
व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।
उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव छ भने ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिएका थिए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया