कास्की रेडक्रसमा १ मतान्तरले उर्मिला खड्का विजयी – हेर्नुहोस् कसले कति मत ल्याए ?
समाधान संवाददाता
२०८१ चैत ३० गते ७:०२

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाए ।
महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन् ।
खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए
यसैगरी मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए । कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् । उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन् ।

सम्बन्धित








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया