गण्डकी प्रदेशसभा हिउँदे अधिवेशन
जो संसदमा बोलेनन्, अनि सबैभन्दा बढी गयल भए


पोखरा । गण्डकी प्रदेश सभाको सातौं अधिवेशन मंगलबार राति १२ बजे समाप्त भयो । माघ २१ गते सुरु भएको यो अधिवेशन झण्डै २ महिना चल्दा १६ बैठक बस्यो । अधिवेशनमा १३ वटा नयाँ विधेयक दर्ता भए, जसमा ६ वटा पारित भए ।
संसदमा छलफल भइरहेका ३ विधेयक र हालै दर्ता गरिएका अन्य ७ सहित १० विधेयक समितिमा छलफलका लागि पठाइएका छन् । यसै अधिवेशनमा प्रदेशसभा नियमावली संशोधन गरिएको छ । जसले १० महिनादेखि रिक्त रहेको सामाजिक विकास तथा कृषि समितिको सभापति चयन गर्ने बाटो खुलाएको छ ।
यो अधिवेशनमा मदिरा विधेयक दर्ता भएको छ । जुन हाल समितिमा छलफलका लागि पठाइएको छ । चर्चाको केन्द्रमा रहेको यो अधिवेशन के के भयो, सांसदहरुले कस्तो भूमिका निर्वाह गरे ! समाधानले यसको विश्लेषण तयार पारेको छ ।
जो बोल्दै बोलेनन्
गण्डकी प्रदेश सभा सचिवालयले उपलब्ध गराएको रिपोर्ट अनुसार १६ दिन चलेको संसदमा १३ दिन शून्य समयका लागि छुट्याइएको थियो । शून्य समय जनताका तत्कालीन चासो र सरोकारहरू संसदमार्फत सरकारसमक्ष उठाउने महत्वपूर्ण अवसर मानिन्छ । संसदमा कार्यसूची प्रायः पूर्वनिर्धारित हुन्छ । तर, शून्य समयको व्यवस्था हुँदा सांसदहरूले तत्कालीन जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन स्वतन्त्र रूपमा प्रश्न उठाउन सक्छन् । तर रिपोर्टअनुसार, अधिकांश सांसदहरूले शून्य समय मागै गरेनन् । अर्थात्, ती सांसदहरूले आफ्नो क्षेत्र वा जनताका कुनै पनि चासो वा समस्या सरकारसमक्ष राखेनन् । संसदमा उपस्थिति जनाउने तर आवाज नउठाउने सांसदहरूको संख्या पनि उल्लेख्य छ । संसदमा सबैभन्दा बढी उपस्थित हुने केही सांसदले पनि अझैसम्म एक शब्द बोलेका छैनन् । संविधानविद्हरू र लोकतन्त्रकर्मीहरूले यस्तो अवस्था संसदीय अभ्यासको अवमूल्यन भएको बताउँदै संसदमा उपस्थिति मात्र होइन, सक्रियता पनि आवश्यक रहेको औंल्याएका छन् ।
यद्यपि, शून्य समयमा सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने जिम्मेवारीका कारण बोल्दैनन् । त्यस्तै, सरकार चलाउने मन्त्री तथा मुख्यमन्त्रीले भने सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने परम्परा रहँदै आएको छ । नबोल्ने सांसदको सूचीमा गणेशमान गुरुङ, खगराज अधिकारी, चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, जीतबहादुर शेरचन, द्रोणकुमार कुँवर, नन्दप्रसाद न्यौपाने, नम्डु गुरुङ, पार्वती तामाङ, बेदबहादुर गुरुङ, भेषबहादुर पौडेल, महेन्द्रध्वज जिसी, राजकुमार भुजेल, लक्ष्मणबहादुर थापा पाण्डे, सरस्वती अर्याल तिवारी र सरस्वती गुरुङ र हरिबहादुर चुमान हुन् ।
- शून्य समयमा बोल्दै नबोल्ने सांसद
- १. सरस्वती अर्याल तिवारी
- २. सरस्वती गुरुङ
- ३. लक्ष्मणबहादुर थापा पाण्डे
- ४. खगराज अधिकारी
- ५. गणेशमान गुरुङ
- ६. चम्पादेवी खड्का
- ७ं जीतप्रकाश आले मगर
- ८. जीतबहादुर शेरचन
- ९. द्रोर्णकुमार कुँवर
- १०. नन्दप्रसाद न्यौपाने
- ११. नम्डु गुरुङ
- १२. हरिबहादुर चुमान
- १३. पार्वती तामाङ
- १४. महेन्द्रध्वज जिसी
- १५. भेषबहादुर पौडेल
- १६. बेदबहादुर गुरुङ
- १७. राजकुमारी भुजेल
- १८. राजीव गुरुङ ‘मनाङे’ जेल चलान (निलम्बन)
को कति पटक बोले ?
सबैभन्दा बढी जनताका समस्या संसदमा उठाउनेमा श्यामराज महत पहिलो नम्बरमा देखिएका छन् । उनले तनहुँ र नवलपुर जोड्ने सडक निर्माण बजेट अभावका कारण रोकिएको भन्दै ठेकेदार र कर्मचारीबीचको तालमेलबारे पटकपटक संसदमा बालेका थिए । १३ दिन शून्य समय राखिएकामा महतले मात्र ९ पटक बोलेका छन् । विशेषतः सभामुख कृष्णप्रसाद धितालले शून्य समयका लागि १ मिनेटको समय उपलब्ध गराउँछन् । त्यस अवधिमा महतले पटकपटक आफ्नो निर्वाचन क्षेत्रका समस्या सरकारसँग राखेका थिए । महतले तनहुँको शुक्लागण्डकी नगरपालिकाको ४ र ८ नम्बर वडा जोड्ने पुल क्षतिग्रस्त बनेको विषय पनि पटकपटक उठाएका थिए । उनले सडक विस्तारका काममा भइरहेको ढिलासुस्तीका विषयलाई जोडदारका साथ उठाए । यस्तै संसदमा विशेष समय र आकास्मिक समयमा पनि सांसदहरु बोलेका छन् । विशेष समयमा ७ जना सांसदले बाले । विन्दु पौडेल, सुनिता थापा, गणेशमान गुरुङ, विकल शेरचन, लीलबहादुर थापा, जीतबहादुर शेरचन र डिल्लीराम सुवेदी विशेष समयमा बोलेका थिए । विशेष समयमा बोलेका गणेशमान गुरुङ र जीतबहादुर शेरचन भने शून्य समयमा बोलेनन् । अन्य ५ जना भने शून्य समयमा बोले । आकास्मिक समय मागेर वेदबहादुर गुरुङ ‘श्याम’ र भीमबहादुर कार्की बालेका थिए ।
- शून्य समयमा बोलेका सांसद
- १. अशोककुमार श्रेष्ठ १ पटक
- २. कल्पना तिवारी २ पटक
- ३. कुसुम बुढा पुन २ पटक
- ४. गोविन्दबहादुर नेपाली १ पटक
- ५. टिकाकुमारी बस्याल ४ पटक
- ६. डिल्लीराम सुवेदी ३ पटक
- ७ं दमयन्ती रुचाल ३ पटक
- ८. दीपेन्द्रबहादुर थापा १ पटक
- ९. दिलमाया पौवी २ पटक
- १०. देवका पहारी त्रिपाठी २ पटक
- ११. नन्दकला दमै १ पटक
- १२. निर्मला थापा ३ पटक
- १३. प्रकाश बराल १ पटक
- १४. पञ्चराम गुरुङ ४ पटक
- १५. विकल शेरचन १ पटक
- १६. भक्तबहादुर कुँवर २ पटक
- १७. भोजराज अर्याल २ पटक
- १८. महेश भट्टराई ३ पटक
- १९. मुनिन्द्रजंग गुरुङ १ पटक
- २०. यशोदा रिमाल १ पटक
- २१. रेखा गुरुङ ३ पटक
- २२. रेशमबहादुर जुग्जाली ४ पटक
- २३. रोशनबहादुर गाह्रा थापा २ पटक
- २४. लीलाबहादुर थापा मगर ६ पटक
- २५. विन्दु पौडेल १ पटक
- २६. सिताकुमारी सुन्दास ५ पटक
- २७. सुधीरकुमार पौडेल १ पटक
- २८. सुशिला सिंखडा ४ पटक
- २९. श्यामराजा महत ९ पटक
- ३०. हरिबहादुर भण्डारी २ पटक
- ३१. सुनिता थापा १ पटक
- ३१ भीमबहादुर कार्की २ पटक
जो सबैभन्दा बढी गयत भए
गण्डकी प्रदेश सभाको यो अधिवेशनमा धेरै सांसदहरू गयल भएको पाइएको छ । संसद सचिवालयका अनुसार पछिल्लो बैठकहरूमा थुप्रै सांसद नियमित रूपमा संसदमा अनुपस्थित भए । जसले प्रदेश सांसदका नौतिकतामा प्रश्न उठेको छ । प्रदेश सभाका १६ वटा बैठकहरूमा केही सांसदहरू एकचोटि पनि सहभागी भएनन् । यस्तै, केही सांसदहरू नाम टिपाउने तर बैठकको बाँकी समय अनुपस्थित हुने प्रवृत्तिले संसद आचरणमा प्रश्न समेत उठेको छ । संसद सचिवालयका एक अधिकारीले भने, ‘कतिपय सांसदहरू बैठक सुरु हुँदा नाम टिपाउँछन् तर त्यसपछि तत्काल बाहिरिन्छन् । यस्तो प्रवृत्तिले संसदको मर्यादा घटाइरहेको छ ।’
यो अधिवेशन १६ दिन चल्दा सबै दिन उपस्थित हुने सांसद १० जना छन् । भीम कार्की, खगराज अधिकारी, चम्पादेवी खड्का, नन्दकला नेपाली दमै, नन्दप्रसाद न्यौपाने, सुनिता थापा, पार्वती तामाङ, प्रकाश बराल, मित्रलाल बस्याल, रेखा गुरुङ, बिनाकुमारी थापा हुन् । सबैभन्दा बढी गयल हुनेमा कांग्रेका नम्डु गुरुङ र राप्रपाकी सांसद विन्दु पौडेल हुन् । गुरुङ ३ दिन उपस्थित भए भने पौडेल ५ दिन उपस्थित भइन् । राजीव गुरुङ उर्फ मनाङे भने जेलमा छन् । उनलाई संसद सचिवालयले निलम्बन गरेको छ ।
- को कति उपस्थित भए ?
- १ अशोककुमार श्रेष्ठ १३
२ कल्पना तिवारी ९
३ कुसुम बुढा पुन १५
४ कृष्णप्रसाद धिताल १४
५ कृष्णप्रसाद पाठक १२
६ खगराज अधिकारी १६
७ गणेशमान गुरुङ १४
८ गोविन्द्रबहादुर नेपाली १५
९ चम्पादेवी खड्का १६
१० जीतप्रकाश आले मगर १२
११ जीतबहादुर शेरचन ११
१२ टकराज गुरुङ ८
१३ टिकाकुमारी बस्याल १४
१४ डिल्लीराम सुवेदी ११
१५ दमयन्ती रुचाल १४
१६ दीपेन्द्रबहादुर थापा १२
१७ दीलमाया पौवी १०
१८ देवका पहारी त्रिपाठी १४
१९ द्रोर्ण कुँवर १४
२० नन्दकला दमै नेपाली १६
२१ नन्दप्रसाद न्यौपाने १६
२२ नम्डु गुरुङ ३
२३ सुनिता थापा १६
२४ निर्मला थापा १६
२५ पद्यमा जिसी श्रेष्ठ १३
२६ पार्वती तामाङ १६
२७ प्रकाश बराल १६
२८ प्रकाशबहादुर केसी १४
२९ पञ्चराम गुरुङ १०
३० फणीन्द्र देवकोटा १२
३१ विकल शेरचन ११
३२ विन्दुकुमार थापा १५
३३ वेदबहादुर गुरुङ १३
३४ भक्तबहादुर कुँवर १३
३५ भीमबहादुर कार्की १६
३६ भेषबहादुर पौडेल ९
३७ भोजराज अर्याल ११
३८ महेन्द्रध्वज जिसी १०
३९ महेश भट्टराई १२
४० मित्रलाल बस्याल १६
४१ मुनिन्द्रजंग गुरुङ ९
४२ यशोदा रिमाल ९
४३ राजकुमारी भुजेल १३
४४ राजीव गुरुङ ‘मनाङे’ ० (निलम्बन)
४५ रेखा गुरुङ १६
४६ रेशमबहादुर जुग्जाली ११
४७ रोशनबहादुर गाहा थापा १३
४८ लक्ष्मणबहादुर पाण्डे १३
४९ लीलबहादुर थापा मगर ११
५० बिनाकुमारी थापा १६
५१ विन्दु पौडेल ५
५२ सरस्वती अर्याल तिवारी १३
५३ सरस्वती गुरुङ १४
५४ सीताकुमारी सुन्दास १४
५५ सुधीरकुमार पौडेल १५
५६ सुरेन्द्रराज पाण्डे १२
५७ सुशीला सिंखडा १४
५८ श्यामराजा महत १५
५९ हरिबहादुर चुमान १४
६० हरिबहादुर भण्डारी ११

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया