पूर्वआइजिपी प्रदीपसमशेर राणाको निधन
समाधान संवाददाता
२०८१ चैत ३० गते १०:१२

पोखरा । नेपाल प्रहरीका पूर्वआइजिपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । राणाको गएराति उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।
उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।
राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया