दसान गण्डकीमा परमेश्वरको नेतृत्व

पोखरा ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन (दसान) गण्डकी प्रदेशको तेस्रो अधिवेशनले परमेश्वर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सुवेदी पोखराको जिरोकिमीमा रहेको कास्की डेन्टलका सञ्चालक हुन् ।
शुक्रबार भएको संस्थाको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रुद्र ढकाल, द्वितीय उपाध्यक्षमा दशमी गुरुङ, तृतीय उपाध्यक्ष नारायण वाग्ले, महासचिव रमेश जिएम र सचिवमा रवीन्द्रकुमार पौडेल निर्वाचित भए । प्रदेश समितिका सहसचिवद्वयमा चित्रानन्द कुमार र रविन पाण्डे छन् भने कोषाध्यक्षमा डण्डपाणि चापागाईं र सहकोषाध्यक्षद्वयमा संगम श्रेष्ठ र निराजन जोशी चुनिएका छन् ।
अधिवेशनले वरिष्ठ सदस्यमा दिनेश महर्जन, टेकनारायण चापागाई, विरु नेपाली, दीपेन्द्र पाण्डे, सन्तोषी रानाभाट र मिलन थापालाई निर्वाचित गर्दा कार्यसमिति सदस्यमा लक्ष्मी सुवेदी, लक्ष्मण चन्द, लालबहादुर थापा, झकबहादुर आले, मानदेवी गुरुङ, सम्झना थापा र हुमाकान्त पाठकलाई जिम्मेवारी दिएको छ ।
यसैगरी, प्रदेश समितिको सल्लाहकारमा युवराज पौडल (अर्जुन), डोलबहादुर थापा, झलकनारायण खनाल र पुरुषोत्तम आचार्य छन् । झलकनारायण खनालको संयोजकत्वमा सरोज अधिकारी र पुरुषोत्तम आचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो ।
संस्थाका अध्यक्ष युवराज पौडेल (अर्जुन)को अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका केन्द्रीय सचिव तथा प्रवक्ता सरोज अधिकारीले देशभर रहेका डेन्टल हाइजेनिस्टहरु एकतावद्ध भएर ऐनबमोजिमका अधिकार माग गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष पौडेलले बेला बेलामा दन्त शिविर, अन्तर्राष्ट्रिय दन्त गोष्ठी, कारागारमा सहयोग जस्ता सामाजिक कामसहित डेन्टल हाइजेनिस्टहरुको हकहितका लागि काम गरेको बताए । उनले भने, ‘हामीले शिविर, अन्तर्राष्ट्रिय गोष्ठी, सामग्रीहरु वितरणमात्र गरेका छैनौं । डेन्टल हाइजेनिस्टहरुको अधिकारका लागि विभिन्न तहका सरकारलाई ज्ञापनपत्र दिने, झक्झक्याउने प्रत्यन पनि गरेका छौँ । यो अभियान नयाँ समितिले पनि जारी राख्नेछ भन्ने विश्वास छ ।’
तपाईको प्रतिक्रिया