घरेलु उद्योग महासंघमा भानुभक्त

समाधान संवाददाता २०८१ चैत ३० गते १७:५५

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्की १४ औं अधिवेशन तथा जिल्ला सम्मेलन भएको छ । अधिवेशनले अध्यक्ष भानु भण्डारी ‘क्षितिज’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

मुल समितिको निवर्तमान अध्यक्ष महाप्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्ष भरतमणि पाठक, उपाध्यक्ष पुष्पराज पाठक, महासचिव जनकराज सुवेदी, कोषाध्यक्ष चुडामणि बराल र सचिव भोलानाथ पौडेल निर्वाचित भएका छन् । सदस्यमा अर्जुन कार्की, डुनाराम न्यौपाने, अमृतकुमार पौडेल, राजीव केसी, पवित्रादेवी गुरुङ, कल्पनादेवी तिमिल्सिना, कृष्णकुमार तिवारी र तोत्रबहादुर बानियाँ छन् ।

महासंघ कास्कीको महिला उद्यमी समितिको अध्यक्ष निरु पराजुली, वरिष्ठ उपाध्यक्ष शान्ता पौडेल, महासचिव शर्मिला भट्टराई र कोषाध्यक्ष सीता रानाभाट छन् । समितिको सदस्यमा लक्ष्मी पौडेल, मीना सुवेदी, संगीता ढकाल र रीता पौडेल चुनिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङले उद्घाटन गरेको अधिवेशनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग उपाध्यक्ष नवराज आचार्य, व्यवसाय प्रवद्र्धन केन्द्र पोखराका प्रमुख नवराज अधिकारी, महासंघ गण्डकीका अध्यक्ष महाप्रसाद सुवेदी, उद्योगी कृष्णप्रसाद श्रेष्ठ, कास्कीका कार्यवहाक अध्यक्ष भण्डारी, महिला उद्यमी संघ कास्कीका अध्यक्ष सरु गिरी, पोखरा महानगरपालिका वडा नम्बर २ का वडा सदस्य गोमा सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया