नागढुंगा समाजको १४ औं साधारणसभा

पोखरा । पोखरा ८ नागढुंगा स्थित नागढुंगा विकास समाजले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा१४ औं साधारणसभा, क्यालेन्डर विमोचन, नयाँ सदस्यता वितरण तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले नागढुंगा विकास समाजले सामाजिक जागरण, स्वास्थ, सुरक्षा र कौसिखेती प्रवद्र्धनमा अनुकरणीय कार्य गरेको बताए । वडा सदस्य पवित्रा केसीले समाजको क्रियाशीलतालाई वडा कार्यालयले सघाउने जनाइन् ।
संस्थाका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मि मुल्मी, ईश्वरी शर्मा, संस्थापक अध्यक्ष एकनारायण शर्मा र रमेशप्रसाद ढकाल, कोषाध्यक्ष रिना थापा, सचिव श्यामबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
सभाले सचिव श्यामबहादुर श्रेष्ठले पेस गरेको प्रगति प्रतिवेदन पारित गरेको छ । लायन्स क्लब डिस्ट्रिक गर्भनरमा निर्वाचित संस्थाका सस्थापक अध्यक्ष एकनारायण शर्मालाई सो अवसरमा सम्मान गरिएको थियो । यस्तै, सरसफाइमा योगदान पु¥याएवापत मैतादेवी गुरुङलाई समेत सम्मान गरियो ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया