पर्यटक दौडमा १८ देशका ५५ सहभागी

पोखरा । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोस्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लन्डनबाट आएका साम प्रथम भएका छन् । युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे ।
महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउन्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेन्ड्स ब्लाइन्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेन्टुरेन्टबाट खाना पनि उनीहरुले पाएका छन् ।
द्वितीय हुनेले हाइग्राउन्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने सहासिक यात्रा हो । यसैगरी सिइङ हेन्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरुले पाउने छन् । तृतीय हुनेले हाइग्राउन्डबाट जिपलाइन सेवा, सिइङ हेन्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउन्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सहभागीले पाएका छन् ।
खहरे र अम्बोट विचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिंदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत ब्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ ब्यान्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया