ह्याप्पी बोर्डिङ स्कुलमा शिक्षकलाई गुणस्तर तालिम

समाधान संवाददाता २०८१ चैत ३० गते १८:१४

पोखरा । पोखरा ७ मासबारमा रहेको ह्याप्पी बोर्डिङ स्कुलले शिक्षाको गुणस्तर सुधारको लागि शिक्षकलाई तालिम दिएको छ । तालिममा ह्याप्पी बोर्डिङ, अल्फा बोर्डिङ, मनकामना र माउन्ट अन्नपूर्णका गरी २२ शिक्षकको सहभागिता छ ।

Advertisement

डाटावर्क एजुकेसनल रिसर्च एन्ड सटेप अप लर्निङका शिक्षाविज्ञ उमर फारुकले शिक्षाको गुणस्तर अभिबृद्धि र अब्बल विद्यार्थी उत्पादनका विषयमा सहजीकरण गरेका छन् । उनले शैक्षिक गुणस्तर कायम गर्नको लागि शैक्षिक सेवा सुविधा, नयाँ नयाँ ज्ञान र सीप र समय अनुसारको शिक्षण पद्धतीलाई अवलम्बन गर्नुपर्ने बताए ।

उनले शिक्षकले प्रयोग गर्ने शैक्षिक उपकरण, शैक्षिक स्रोत, अनुसन्धान मूल्यांकन, समय सापेक्ष अध्ययन र पाठ्य सामाग्रीको पुर्नमूल्यांकन गर्नुपर्ने सुझाव दिए । विद्यालयका संस्थापक प्राचार्य कविराज बरालले शैक्षिक सुधारका लागि विद्यालयले शिक्षकलाई आवश्यक पर्ने तालिम प्रशिक्षण दिएको जानकारी दिए ।

तालिम संयोजक पिताम्बर पौडेलले विद्यार्थीलाई २१ औं शताब्दीको शिक्षा प्रदान गर्नका लागि शिक्षकलाई समय सापेक्ष तालिम आवश्यक पर्ने बताए । त्यस्तो तालिम प्रदान गर्न पाकिस्तानी शिक्षाविद फारुकले पहल गरेको उनले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया