गुरुकुललाई इम्बोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसनको सहयोग

समाधान संवाददाता २०८१ चैत ३० गते १८:२२

पोखरा । इम्बोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्टसहित स्टेसनरी र खेलकुदका सामग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसरसमेत पारी शनिबार गुरुकुलका ८१ जना बटुकलाई टिसर्टसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

Advertisement

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले सो अवसरमा बटुकहरूलाई भोजनसमेत गराइएको बताए। संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा बर्सेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न काम गर्दै आएको उनले सुनाए ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटनका क्षेत्रमा विभिन्न समाग्रीका माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन एगाले ठूलो योगदान पुर्‍याएको उल्लेख गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बोर्डले विगतमा वर्षमा पनि एगा पोखरासँग सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा पनि उक्त सहकार्य निरन्तर रहने अपेक्षा गरे ।

कार्यक्रममा एगा सचिव माया सुवेदी, उपाध्यष गीता ढकाल पौडेल, कार्यक्रम संयोजक सुशील ढकाल, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रम व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराई, एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्वअध्यक्ष शंकर भट्टराई, सद्भाव सदस्य गोविन्द अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया