रवीन्द्र माकाजुलाई पुरस्कार
समाधान संवाददाता
२०८१ चैत ३० गते १८:२७

पोखरा । मातृभूमि सेवक संघले लेखक/पत्रकार रवीन्द्र माकाजुलाई पुरस्कृत गर्ने भएको छ । संघले माकाजुलाई राष्ट्रसेवा सम्मान पुरस्कार दिने निर्णय गरेको हो ।
पोखरा–९, नयाँबजारका बासिन्दा लेखक माकाजुका ७२ कृति प्रकाशित छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा बिहारीलाल श्रेष्ठका नाममा स्थापित कोष सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । माकाजुलाई यही वैशाख १२ गते राजधानीमा हुने समारोहमा पुरस्कृत गरिने भएको छ ।
समाजसेवाका क्षेत्रमा उल्लेख्य भूमिका खेल्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कार तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदी, समाजसेवी भीमबहादुर अधिकारी , प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल लगायतले पाइसकेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया