झण्डापार्कमा राष्ट्रिय झन्डोत्तोलन

पोखरा ।
नयाँ वर्ष २०८२ को अवसरमा सोमबार पोखराको महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डा झन्डोत्तोलन गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् ।
नगर प्रमुख आचार्यले सहकार्य, समझदारी र साझा सपना बोकेर अगाडि बढ्न सबैलाई आह्वान गरे। उनले नयाँ वर्षको सुरुवातसँगै सबै योजना समयमै सुरु हुने र तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अनुशासन र कर्तव्यबोधमार्फत समृद्धिको शिखरतर्फ सँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
‘समयको यथार्थ र संस्कृतिको सम्मान गर्दै निर्धारित समयमा सुरु भएका कर्महरूले हामीलाई कर्तव्य, अनुशासन र आशाको बाटो देखाउँछन्,’ नगर प्रमुख आचार्यले भने । उनले साझा उद्देश्य प्राप्तिका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, जनप्रतिनिधि, नगर कर्मचारी लगायतको उपस्थिति थियो।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया