लायन्स भद्रकालीमा कृष्णप्रसाद ढकाल

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्षमा कृष्णप्रसाद ढकाल निर्वाचित भएका छन् । पोखरामा गत शनिबार भएको निर्वाचनबाट ढकाल आगामी वर्ष २०२५–२६ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा गुणाखर अर्याल, द्वित्तीय उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा मनिषकुमार चापागाईं र कोषाध्यक्षमा भूमिराज शर्मा निर्वाचित भएका छन् ।
क्लब प्रशासकमा अमृतकुमार पौडेल, मेम्बरसिप चियरपर्सनमा संयुक्त धाख्वा, एलसिआइएफ कोअर्डिनेटरमा धनेन्द्र गुरुङ निर्वाचित भएका छन् । सर्भिस चेयरपर्सनमा वसन्तराज सिग्देल, मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सनमा भरत कोइराला, फन्ड रेजिङमा कृष्णप्रसाद तिमिल्सिना, पिआरओ चेयरपर्सनमा शंकर ज्ञवाली निर्वाचित भए । क्लब सल्लाहकारमा किशोरदत्त बराल, बुद्धिराज बराल, दीपकराज तिवारी, अरबिन्द पौडेल चयन भए । यसैगरी क्लब निर्देशकमा पदम शर्मा, केदार बराल, टीका थापा, धु्रव त्रिपाठी, समिर परियार, यज्ञ बराल, प्रेम चापागाईं, राजु खत्री, विष्णु अधिकारी, राम सुवेदी, कमल सुनार, युवराज चापागाईं, इन्द्र त्रिपाठी र डा बद्री पौडेल चयन भए ।
क्लब अध्यक्ष रविबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक निवर्तमान अध्यक्ष धनेन्द्र गुरुङले निर्वाचित पदाधिकारी र सदस्यहरुको नाम सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एल का को चिफ एडभाइजर अमृत बरालले लायन्स भद्रकालीले स्थापनाकालदेखि भिन्न तरिकाले कार्यसम्पादन गर्दै आएको भन्दै प्रशंसा गरे । निर्वाचित अध्यक्ष ढकालले लायन्सको मर्म र भावना अनुसार आफू सकेसम्म बढी सेवाका काममा समर्पित हुने प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया