१५ कराेडकाे लगानीमा शान्ति निकेतन स्कूलको नयाँ भवन शिलान्यास

पाेखरा ।
शान्ति निकेतन स्कुलले नयाँ अत्याधुनिक भवनको शिलान्यास गरेकाे छ । विद्यालयका संस्थापक प्राचार्य डाक्टर महेश्वर पराजुलीले साेमबार पत्रकार सम्मेलनमा नयाँ भवन शिलान्यास र विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी दिए ।
`विद्यालयको स्थापना २०६२ सालमा गरिएको थियो र आज हामी गर्वका साथ भन्न सक्छौं कि शान्ति निकेतनले पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको छ,´ उनले भने।
शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएकाे छ । पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठानपाठन गराउने उनले सुनाए । उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए । नयाँ भवन निर्माणमा १५ करोड लगानी गर्ने योजनासहित ६० करोड बजारमूल्य बराबरको जग्गामा निर्माण कार्य सुरू गरिएको उनले सुनाए ।
भवन एक वर्ष भित्र पूर्ण निर्माण गर्न योजना बनाइएको उनले बताए । पराजुलीले भने, `हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं ।´
शान्ति निकेतनको नयाँ भवन अत्याधुनिक प्रविधिहरूसँग सम्पन्न हुने उनकाे विश्वास छ । नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वर्ल्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् । उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया