घाचोक पोखरा समाजको पात्रो

पोखरा । घाचोक माछापुच्छ्रे पोखरा सम्पर्क समाजले प्रकाशन गरेको भित्तेपात्रोको सोमबार विमोचन गरिएको छ । पोखरामा आयोजित एक कार्यक्रमसहित भित्ते पात्रो विमोचन तथा नयाँवर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।
भित्तेपात्रो समाजका ज्येष्ठ सल्लाहकार सुवेदार तोरणबहादुर गुरुङ र समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले संयुक्त रुपमा सार्वजनिक गरे । समाजका अध्यक्ष लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताए । उनले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाए ।
कार्यक्रममा समाजका सल्लाहकारहरु मीनप्रसाद लम्साल, मीनराज लम्साल, गंगालाल पोखरेल तथा समाजका कार्यसमितिका पदाधिकारी तथा सदस्यले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सभापतिमा निर्वाचित भएका समाजका सहसचिव विष्णु पोखरेल र समाजका कार्यसमिति सदस्य कृष्ण दवाडी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकामा बधाई ज्ञापनसमेत गरिएको समाजका समाजका सचिव जगत गुरुङले बताए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया