एलिट भलिबल कपमा पुरुषतर्फ पर्वत, महिलातर्फ आयोजकलाई उपाधि

समाधान संवाददाता २०८२ वैशाख १ गते १९:४२

पोखरा । पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा ३ नदीपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो ।

Advertisement

पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा गर्‍यो ।

एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पार्‍यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ ।
पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मीना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ बेस्ट सर्भर रेशम छन्त्याल, बेस्ट सेटर विवश आले, बेस्ट ब्लकर सुगम विक, बेस्ट स्पाइकर सन्तोष विक र बेस्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ बेस्टसर्भर रिक्जना बोटे, बेस्ट सेटर रेविना घर्ति, बेस्ट ब्लकर विष्णु क्षेत्री, बेस्ट स्पाइकर सोइङ थापा र बेस्ट डिफेन्डर काजल श्रेष्ठ बने ।

विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ लगायतले ट्रफी र मेडल प्रदान गरे ।

आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवं राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया