तनहुँमा टिप्परको ठक्करबाट एकको मृत्यु

समाधान संवाददाता २०८२ वैशाख २ गते ११:५०

पाेखरा।

Advertisement

तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलास्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

गत चैत ३० गते ग १ ख ५८७५ नम्बरको टिप्परले ग २५ प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगरको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरको पछाडि सवार १५ वर्षीया अनिषा आले मगर घाइते भएकी छिन्।

दुर्घटनापछि फरार रहेका टिप्पर चालक म्याग्दे गाउँपालिका–३ का २९ वर्षीय चालक रोशन श्रेष्ठलाई वैशाख १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया