युनाईटेड क्लबद्धारा पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा ।
युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । क्लबले वैशाख ७ गते वर्षिकोत्सव मनाउने योजना अनुसार वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रमलाई युनाईटेड क्लब जस्ता संघ संस्थाको सहयोबाट आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए । क्लबले पहिले पनि सहयोग गर्दै आएको बताउँदै क्लबले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए ।
समाज विकास र समुन्नतिका लागि ज्ञान, सिप र अनुभवलाई प्रयोग गर्नुपर्ने उनकाे भनाइ छ । जेष्ठ नागरिकको हेरचाह गर्ने शीप र ज्ञान सिकाउन वृद्धाश्रमले जापानी प्रविधिको तालिम भित्रयाउन लागेको जानकारी दिए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ छ।
क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्यबहादुर बानियाँले नयाँ वर्षका दिन वृद्धाश्रममालाई सहयाेग गर्न पाउँदा खुसी लागेको व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
क्लबका अध्यक्ष लोकबहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा विगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै वार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए । उनले वृद्धाश्रम जस्ता संस्थालाई सहयोग गर्नुपर्नेमा जोड दिए । क्लबले बुधबार वृहत रक्तदान कार्यक्रम गर्ने तथा छिट्टै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने उनले जानकारी दिए ।
क्लबका संस्थापक सदस्य रेशमबहादुर थापाले आश्रमलाई ५ हजार ५ सय प्रदान गरेका थिए भने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोकबहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए ।
कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्त राखेका थिए । कार्यक्रम सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । कार्यक्रममा क्लबका सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीहरुको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया