पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

पोखरा ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका हुन् । महानगरले करारबाट निकाल्ने घोषणा गरेपछि स्वास्थ्यतर्फका कर्मचारी माघ २६ गतेदेखि आन्दोलित छन् ।
उनीहरुले प्रत्येक दिनजस्तो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध उनीहरु माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।
उनीहरुले महानगरले सर्वोच्च अदालतको अन्तिरिम आदेश अपहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरुको छ ।

अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि आन्दोलनको विकल्प नभएको आन्दोलनरत कर्मचारीको भनाइ छ । महानगरले करारका कर्मचारी हटाएर बिना प्रतिस्पर्धाका आधारमा ३ जना कर्मचारी नियुक्त गरेको उनीहरुको भनाइ छ । करारको विकल्पमा नयाँ करार भर्ना कार्य बन्र्द गर्ने लयायतका माग राखेका छन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया