मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
समाधान संवाददाता
२०८२ वैशाख २ गते १३:४०
तानसेन । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते भएका िथए ।
घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया