मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
समाधान संवाददाता
२०८२ वैशाख २ गते १३:४०
तानसेन । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते भएका िथए ।
घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया