लक्ष्मी आर्दश माविमा खानेपानी टंकी शिलान्यास

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं २७ शिशुवा स्थित लक्ष्मी आर्दश माविमा खानेपानी टंकी शिलान्यास गरिएकाे छ । लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना र इन्टरनेशनल विद्यालय लाउसाने स्विजरल्याण्डको सहयाेगमा टंकी शिलान्यास गरिएकाे हाे ।
२ लाख लागतमा निर्माण गर्न लागिएकाे १० हजार लिटरको खानेपानी टंकी पोखरा महानगरपालिका वडा नं.२७ वडा अध्यक्ष पूर्णकुमार गुरुङले शिलान्यास गरेका हुन् ।
विदेशबाट आएका २६ जना विद्यार्थीले खाजाको रकम कटाएर सहयोग गरेकोमा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेले धन्यवाद दिए । क्लबले राम्राे काम गरेकाे उनले बताए ।
परियोजना निर्देशक सोनाम साङपोले २०८२ सालमा ९ वटा विद्यालयमा खानेपानी निर्माण गरिने जानकारी दिए । विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जम्मरकट्टेलले क्लबले खानेपानीको व्यवस्था गरेर विद्यालयलाई ठुलो गुन लगाएको बताए ।
कार्यक्रममा डिष्ट्रिक गुइन्स एडभाईजर रुद्र घलेले, क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक चिफ एडभाइजर डम्मर सिह गुरुङ, सुरेशबहादुर श्रेष्ठ लगायतले बाेलेका थिए । कार्यक्रमको सभापतिमा क्लबका अध्यक्ष गणेश छबि थिए भने कार्यक्रम सञ्चालन कार्यालय सचिव श्यामप्रसाद साखीले गरेका थिए ।
तपाईको प्रतिक्रिया