चिप्लेढुंगामा खुल्यो ‘लेट्स गो निप्पोन’ एजुकेशन

पोखरा ।
पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन कन्सल्टेन्सी साेमबार देखि सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आएकी लक्ष्मी तामाङ (कोइराला)ले कन्सल्टेन्सी सञ्चालनमा ल्याएकी हुन् ।
जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहने, वर्किङमा र होटल म्यानेजमेन्टको इन्टनशिप गर्न चाहनेका लागि कन्सल्टेन्सीले सहजीकरण तथा प्रशिक्षण गराउनेछ ।
उले भनिन्, ‘हामी पनि विद्यार्थी भिषामा जापान गएकाे हाैं, जापानमा बसेको करिब दुई दशक भएछ, हामीले सिकेका, अनुभव साट्न र जापानका २० वटा भन्दा बढी कलेजसँगकाे सहकार्यमा कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हाैं ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक कोइरालाले जापानको जीवनशैली बुझेकोले जापान जाने युवालाई राम्रोसँग व्यवहारिक ज्ञान र सिप सिकाउन सक्ने दाबी गरिन् ।
जापानमा नेपालीलाई अन्य देशका भन्दा फरक ढंगले हेर्ने हुँदा जापानको बारेमा राम्रोसँग सोधपुछ गरेर गएमा दुःख नपाउने उनको भनाइ छ ।
जापानमा रहेको आमेया कम्पनी अफ जापान सँगको सहकार्यमा पोखरामा कन्सल्टेन्सी स्थापना गरेकाले विदेश पठाउन सहज हुने प्रबन्ध निर्देशक कोइरालाले जनाइन् । सञ्चालक एवं नेपाली संयोजक राजपाण्डे नेतृत्व टोली जापान हुनुले नेपालबाट जापान जाने युवाहरुलाई उचित ढंगबाट सुरक्षित तवरबाट व्यवस्थापन गर्न सहज हुने उनले बताए ।
कम्पनीको २ वर्ष अघि वुटवलमा शाखा स्थापना भएको थियो । जापान र पोखरामा समेत होस्टलको सुविधा रहेकाले विद्यार्थीलाई सहज हुने विश्वास गरिएको छ ।
जापान जानु अघि राम्रोसँग अनुभवी भएका कन्सल्टेन्सीमा परामर्श लिएर उच्च शिक्षा हासिल गरेर मात्र जान कन्सल्टेन्सीका सञ्चालक निरज कोइरालाले आग्रह गरे ।
जापानबाट समय समयमा अनुभवी शिक्षकहरु समेत पोखरामा ल्याउने तयारी गरेको उनले जानकारी दिए । जापानका २०/२५ बढी कलेजसँगको कन्सल्टेन्सीको सहकार्य रहेकाले विद्यार्थीले उपयुक्त कलेज छान्न पाउने उनको भनाइ छ । कन्सल्टेन्सिले न्यूनतम ३ महिने प्रशिक्षण देखि एक वर्षको इन्र्टन हुदै प्लस टु उर्त्तिण गरेकाको लागि ४ वर्षीय कोर्ष अध्ययन गराउन पहल गर्ने भएको छ ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया