लक्ष्मी आदर्शमा टंकी शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ शिशुवा स्थित लक्ष्मीआदर्श माविमा खानेपानी टंकी शिलान्यास गरिएको छ । लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना र इन्टरनेसनल विद्यालय लाउसाने, स्विजरल्यान्डको सहयोगमा टंकी शिलान्यास गरिएको हो ।
२ लाख लागतमा निर्माण गर्न लागिएको १० हजार लिटर क्षमताको खानेपानी टंकीको शिलान्यास पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले गरेका हुन् ।
विदेशबाट आएका २६ जना विद्यार्थीले खाजाको रकम कटाएर सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेले धन्यवाद दिएका थिए । क्लबले राम्रो काम गरेको उनले बताए ।
परियोजना निर्देशक सोनाम साङ्पोले २०८२ सालमा ९ वटा विद्यालयमा खानेपानीको व्यवस्था गरिने जानकारी दिए । विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी, शिक्षक– अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जम्मरकट्टेलले क्लबले खानेपानीको व्यवस्था गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताए ।
कार्यक्रममा डिस्ट्रिक गभर्नर एडभाइजर रुद्र घले, क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक चिफ एडभाइजर डम्मरसिंह गुरुङ, सुरेशबहादुर श्रेष्ठलगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको सभापति क्लबका अध्यक्ष गणेश छवि थिए भने सञ्चालन कार्यालय सचिव श्यामप्रसाद साखीले गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया