फेवाताल चक्ल्याउन गाईघाटमा थुप्रिएको गेग्रान फालिने

पोखरा । फिर्केखोला फेवातालको जहाँ गएर टुंगिन्छ, त्यहाँ ठूलै टापु छ । ढुंगामाटो, गेग्रान र फोहोर थुप्रिँदै जाँदा तालमा टापु बनेको छ । पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने त्यही टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ ।
फेवातालको गाईघाट क्षेत्रको टापु लगायतका ठाउँको माटो हटाउन पोखरा महानगरले यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ । गाईघाटमा करिब ३० रोपनी क्षेत्रमा २० हजार घटमिटर जति माटो र फोहोर भएको अनुमान छ । महानगरका वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्की यो वर्ष ४ हजार ५ सय घनमिटर माटो निकालिने बताउँछन् ।
वातावरणीय अध्ययन गरी यही हप्ता टेन्डर आह्वान गर्ने तयारी छ । ताल पर्ने माटो निकाल्ने र खोलाका ठाउँ ठाउँमा चेकड्याम निर्माण गरी तालसम्म फोहोर र माटो आउन नदिने योजना छ । ‘यो वर्ष गाईघाटमा अस्थायी चेकड्याम बनाउँछौँ । ठाउँ ठाउँमा चेकड्याम निर्माण गरी तालसम्म फोहोर नपुग्ने गरी काम गर्ने योजना छ,’ महाशाखा प्रमुख कार्की भन्छन् ।
यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको थियो । अभियन्ता रामबहादुर पौडेल सकारात्मक काम सुरुआत भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले केही वर्षदेखि नै यो एजेन्डा उठाउँदै आएका हौँ । टापु हटाएर सके स्थायी नभए अस्थायी चेकड्याम बनाएर भए पनि ताल जोगाउनु जरुरी छ ।’
पोखरा महानगर फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने योजनामा छ । नापजाँच गरी खोलाघर भत्काउन महानगरले पोहोर कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले पुस १६ खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलिसकेको छ ।
पोखरा फेवातालसम्बन्धी सर्वाेच्च अदालतको आदेश बमोजिम सीमांकनको काम सकिएको छ । २०७७ मा सरकारले गठन गरेको फेवाताल अतिक्रमित जग्गा छानबिन समितिका संयोजक विश्वप्रकाश लामिछाने डम्पिङ साइटमा परिणत भएको ताल किनारको माटो र फोहोर निकाल्नु सकारात्मक भए भएको उल्लेख गर्छन् । ‘एकपटक माटो निकाल्नुमात्र ठूलो कुरा होइन,’ उनी थप्छन्, ‘यहाँ फोहोर जम्मा नहुने खालको योजना ल्याउनुपर्छ । फेवाताल जोगाउन सर्वाेच्चको आदेश चाँडै कार्यान्वयन गर्नुको विकल्प छैन ।’ २०७७ सालमा लामिछानेको संयोजकत्वमा रहेको समितिलको प्रतिवेदनअनुसार फेवाको क्षेत्रफल ५ दशमलव सात वर्ग किलोमिटर छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया