मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
समाधान संवाददाता
२०८२ वैशाख ३ गते ४:३२

दमक (झापा) । मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाईते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको मंगलबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो ।
दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित







सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया