संघीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् । संघीय संसद्मा विचाराधीन अवस्थामा रहेकोे विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।
सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले संघीय संसद्को बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।






पोखराको महेन्द्रगुफामा मौरी मेला हुँदै
काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया