इन्फोम्याक्स कलेजमा अध्याधुनिक भवनको सिलान्यास

पोखरा ।
सूचना प्रविधि र व्यवस्थापन शिक्षामा निरन्तर प्रगति गर्दै आएको इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्टले दीर्घकालीन शैक्षिक लक्ष्यलाई ध्यानमा राख्दै पोखरामा अत्याधुनिक शैक्षिक भवन निर्माणको काम अघि बढाएको छ । बुधबार कलेजका प्रिन्सिपल शुशिल अधिकारीले चार तले भवनको शिलान्यास गरे ।
कलेजका सल्लाहकार नारायण पौडेलका अनुसार प्रतिभा फाउण्डेसनसँगको संयुक्त लगानीमा निर्माण हुन लागेको यो भवनले कलेजको भौतिक पूर्वाधार मात्र होइन, सम्पूर्ण शिक्षण परिकल्पनालाई नयाँ उचाइमा पु¥याउनेछ । करिब २६ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन ५ रोपनी क्षेत्रफलमा फैलिने उनले बताए । जसमा मोडन भवन, प्रयोगशालाहरू, पुस्तकालय, क्यान्टिनसहित फुटसल, ब्याडमिन्टन र बास्केटबल कोर्टसमेत रहनेछन् ।
प्रिन्सिपल शुशिल अधिकारीले भने, ‘अब प्रविधिले संसारलाई चलाइरहेको छ । सूचना प्रविधिको युगमा प्रतिस्पर्धा गर्न विद्यार्थीहरूलाई केबल किताबी ज्ञान पर्याप्त छैन । तिनलाई विश्वस्तरीय पूर्वाधार र वातावरण चाहिन्छ, यही सोचका साथ हामी यो भवन निर्माणमा लागेका हौं ।’
सन् २००५ मा स्थापना भएको इन्फोम्याक्स कलेजले विगत दुई दशकदेखि गुणस्तरीय र पहुँचयोग्य उच्च शिक्षाका कार्यक्रमहरू प्रदान गर्दै आएको छ । हाल कलेजमा चार सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् । बढ्दो चापसँगै आगामी दिनमा १५ सय विद्यार्थीलाई एकैपटक अध्यापन गराउन सकिने क्षमता राख्ने पूर्वाधार निर्माणको तयारी गरिएको अधिकारीले बताए ।
कलेजले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपियू) मलेसियासँगको सहकार्यमा बीएससी आइटी र एमबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘संसारभरिका ४० हजार विश्वविद्यालयमध्ये एपियू विश्व र्याङकिङमा ६११ औं स्थानमा पर्न सफल भएको छ,’ प्रिन्सिपल अधिकारीले भने, ‘हामी थप स्तरीय शिक्षा पोखरामै उपलब्ध गराउने लक्ष्यमा छौं ।’
इन्फोम्याक्स कलेजमा अहिले पनि अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, खेलकुद सामग्री र अतिरिक्त क्रियाकलापहरू सञ्चालनमा छन् । अब नयाँ शैक्षिक सत्रबाट नयाँ भवनबाटै पढाइ सुरु गरिने प्रिन्सिपल अधिकारीले बताए । ‘हामीले नयाँ भवन बनाउन ८ महिना लाग्ने अनुमान गरिएको छ । यो नयाँ भवनले तिनमा थप व्यापकता ल्याउने विश्वास गरिएको छ,’ उनले भने । सूचना प्रविधिको द्रुत विकाससँगै नेपाली युवाहरूलाई अन्तर्राष्ट्रियस्तरको ज्ञान र सीप दिने आफूहरुको उद्देश्य रहेको उनले सुनाए ।
नयाँ बन्ने भवन











निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया