आविष्कार अस्पतालमा शुभकामना आदानप्रदान

पोखरा । नयाँ वर्ष २०८२ को अवसरमा पोखरा १० बुद्धचोक स्थित आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टरमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीबिच शुभकामना आदानप्रदान भएको छ ।
कार्यक्रममा अस्पतालका अध्यक्ष वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा सञ्जय कोइरालाले सञ्चालनको छोटो समयमा नै स्वास्थ्य क्षेत्रमा अस्पतालले आफ्नो नाम स्थापित गर्न सफल भएको बताए । उनले आउने दिनमा अस्पतालले दिने सेवाहरु अझै सहज र प्रभावकारी ढंगले प्रदान गर्ने लक्ष्य लिएको सुनाए ।
अस्पतालका प्रबन्ध सञ्चालक वरिष्ठ एनेस्थेसियोलोजिष्ट तथा दुखाई रोग विशेषज्ञ डा कृष्ण बोगटीले अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र सो कोषका योगदानदाता कर्मचारीले सहज रुपमा अस्पतालबाट सेवा लिन सक्ने जानकारी दिए । कार्यक्रममा सञ्चालक समिति सदस्य वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा रमेश शर्मा, अस्पतालका प्रबन्धक श्रीराम शर्मा बककास्तोला लगायतले बोलेका थिए ।
सो अवसरमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी दिलकुमारी गुरुङलाई उत्कृष्ट कर्मचारीका रुपमा दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया