पोखरा विश्वविद्यालयमा तालिम

पोखरा ।
पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीको सूचना प्रविधि तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धिका लागि सात दिने प्रशासनिक क्षमता विकास तालिम सकिएको छ । विश्वविद्यालय अनुदान आयोग (युजिसी)को सहकार्यमा आयोजना गरिएको तालिम ४५ घन्टा अवधि (३ क्रेडिट) को हो ।
तालिममा पोखरा विश्वविद्यालय अन्तर्गत विभिन्न निकायमा कार्यरत ३३ लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारी सहभागी थिए । तालिमको उद्देश्य विश्वविद्यालयका कर्मचारीलाई आधुनिक सूचना प्रविधि, कार्यालय व्यवस्थापन र प्रशासनिक दक्षतामा सशक्त बनाउनु हो । विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले तालिम सुरुआत गरेका थिए ।
तालिममा बजेट तथा लेखा प्रणाली, सार्वजनिक खरिद प्रक्रिया, दस्तावेज व्यवस्थापन, एआई प्रविधि प्रयोग, माइक्रोसफ्ट एक्सेल र पावर पोइन्ट प्रयोग, माइन्युट लेखन, पत्राचार, मानसिक स्वास्थ्य, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन जस्ता विषयमा ज्ञान दिइएको छ । डा दयाराज ढकाल, तारादेवी सापकोटा, गोबर्धन भट्टराई, तेजनारायण पराजुली, ई सन्तोष पौडेल, ई यज्ञनाथ रिमाल, ई किरण केसी लगायतका १४ जना विज्ञ तालिममा प्रशिक्षक थिए ।
तालिम समापन समारोहमा स्वास्थ्य विज्ञान संकायका डिन सहप्राडाअमर नागिलाले तालिम समयानुकूल र अत्यन्तै उपयोगी रहेको जनाए । उनले कर्मचारीले सिकेका कुरालाई कार्यस्थलमा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । प्रशिक्षार्थीहरू गायत्री पनेरु र तोरणबहादुर विकले तालिमबाट आफूहरूको व्यक्तिगत तथा व्यावसायिक दक्षता अभिवृद्धिमा लाभ पुगेको जनाए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया