काल्खु मेलाको नृत्यमा अनुस्का च्याम्पियन

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा भएको खुला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत पूर्णिमा (३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् ।
कोल्माकी साईसा गुरुङ द्वितीय, पोखराका दिपेश सुनार तृतीय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हासिल गरे । खुला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वितीय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हासिल गरेका विक्रमले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका जनसम्पर्क युवा क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए ।
उनका अनुसार म्युजिकल चेयर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वितीय र माया रानामगर तृतीय भइन् । प्रतियोगितामा १५ जनाको सहभागिता थियो । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्वमा निर्णायकको भूमिका थियो ।







जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया