रामबहादुर बम्जनले पाए सफाइ
समाधान संवाददाता
२०८२ वैशाख ४ गते १६:२२

पोखरा ।
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा परेका रामबहादुर बम्जनलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको फैसलालाई उल्टाउँदै उच्च अदालतका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनलाई दोषमुक्त गर्ने निर्णय सुनाएको हो।
यसै फैसलामार्फत न्यायाधीश भट्ट र भण्डारीको इजलासले २०८० सालको चैत ६ गते बम्जनसँगै यौन दुर्व्यवहारको आरोप खेपिरहेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। यद्यपि उनीहरूलाई जिल्ला अदालतले पहिले नै दोषी नरहेको ठहर गरिसकेको थियो।
यसअघि जिल्ला अदालत सर्लाहीले २०८१ साल असार १७ गते रामबहादुर बम्जनलाई १० वर्षको कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया