भगवतीटार आमा समूहको सम्मान

पोखरा ।
पोखरा १५ मजुवा द्वारेखरबारी स्थित भगवतीटार आमा समूहले नववर्ष २०८२ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा पत्रकार कृष्ण रानाभाट, समाजसेवीहरु भेषबहादुर गुरुङ, खिमबहादुर गुरुङ, तुलबहादुर गुरुङ र पूर्वअध्यक्ष शशि गुरुङलाई पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले सम्मान गरे ।
अध्यक्ष बानियाँले वडा नं १५ ले निस्सा वितरण गरिसकेकाले द्वारे खरबारी मजुवाका टोलबासीको बलियो प्रमाण हुने बताउँदै यो बस्ती जोगाउनुपर्ने र यहाँका जनता यहीँ बस्न पाउनुपर्ने बताए । वडा सदस्य मन्दिरा परियारले पदीय जिम्मेवारी निभाउँदै नियम, कानुनको अधिनमा रही काम गरिएको बताए ।
एमाले पोखरा १५ इकाइ अध्यक्ष माधव गौतमले सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाटले सधैं भर हकअधिकारको लागि मात्रै लड्न नपरोस् भनी शुभकामना दिए ।
समूहकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मजुवा द्वारेखरबारी टोल विकास संस्थाका अध्यक्ष शशि गुरुङ, महिला स्वास्थ स्वयंसेविका सरस्वती सुवेदी अधिकारी, समूहकी उपाध्यक्ष कान्ति गुरुङ र सहसचिव सलिना गुरुङले बोलेका थिए ।
तपाईको प्रतिक्रिया