गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल

पोखरा ।
गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ । भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ ।
मञ्चको उपाध्यक्ष रुपेश अधिकारी, सचिव रमेश पौडेल तथा सदस्य जुलु त्रिपाठी र विश्वासराज पौडेल छन् । अध्यक्षमा लीलाराज लोहनीसमेत प्रत्यासी थिए । प्राध्यापक भेलाको बहुमतले सिलवाललाई अध्यक्ष निर्वाचित गरेको हो ।
गुणस्तरीय शिक्षण, अनुसन्धान, प्राज्ञिक स्वतन्त्रता र पेसागत विकासलाई प्रवद्र्धन गर्ने गरी गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्चको परिकल्पना गरिएको प्राध्यापकहरुले जनाएका छन् । प्राज्ञिक सोच र व्यवहारलाई संस्थागत गर्दै विश्वविद्यालयमा योगदान पुर्याउने उद्देश्य मञ्चले राखेको अध्यक्ष सिलवालले जनाए ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया