गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल

पोखरा ।
गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ । भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ ।
मञ्चको उपाध्यक्ष रुपेश अधिकारी, सचिव रमेश पौडेल तथा सदस्य जुलु त्रिपाठी र विश्वासराज पौडेल छन् । अध्यक्षमा लीलाराज लोहनीसमेत प्रत्यासी थिए । प्राध्यापक भेलाको बहुमतले सिलवाललाई अध्यक्ष निर्वाचित गरेको हो ।
गुणस्तरीय शिक्षण, अनुसन्धान, प्राज्ञिक स्वतन्त्रता र पेसागत विकासलाई प्रवद्र्धन गर्ने गरी गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्चको परिकल्पना गरिएको प्राध्यापकहरुले जनाएका छन् । प्राज्ञिक सोच र व्यवहारलाई संस्थागत गर्दै विश्वविद्यालयमा योगदान पुर्याउने उद्देश्य मञ्चले राखेको अध्यक्ष सिलवालले जनाए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया