बुलेटको क्लासिक ३५० का ५ नयाँ भेरियन्ट सार्वजनिक

पोखरा । रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ भेरियन्ट पोखरामा सार्वजनिक गरिएको छ । बुलेट ट्रेडर्स नयाँबजारमा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापाले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ भेरियन्ट सार्वजनिक गरेका हुन् ।
योसँगै बिहिबारदेखि पोखराबाट रोयल इन्फिल्ड क्लासिक ३५० बाइकहरुको बुकिङ, टेस्ट राइड र बिक्री सुरु भएको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० का नयाँ मोडलका बाईकहरु पोखरा भित्राइएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलइडी हेडल्याम्प, एलइडी पाइलट ल्याम्प पनि उपलब्ध गराउनेछ ।
त्यसमा टाइप सी युएसबी चार्जर हुने र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोबाइल क्षेत्रमा नयाँ ईंट्टा थपिएको बताए ।
उनले रोयल इन्फिल्डको आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने र उपभोक्ताको मन जित्नेमा आशावादी रहेको सुनाए । रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् ।
हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमान्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाइएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल इन्फिल्डका गेयर एन्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए ।
नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडरमाझ नवीन तरिकाले यसको विरासतअघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ । नयाँ मोटरसाइकलहरुको मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया