पोखराको नारायणस्थानस्थित लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण हुने

समाधान संवाददाता २०८२ वैशाख ५ गते ४:०७

पोखरा । पोखराको नारायणस्थानस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण लक्ष्मीनारायण मन्दिरगु रूयोजनासहित पुनर्निर्माण गरिने भएको छ ।

Advertisement

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको विशेष बैठकसहितको भेलाले दिनानुदिन जीर्ण बन्दै गएको मन्दिरको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले पुनर्निर्माण गर्ने निर्णय गरेको हो । मन्दिर पुनर्निर्माणमा करिब १० करोड रूपैयाँ लाग्ने अनुमान छ ।

समिति अध्यक्ष महेश पराजुलीको अध्यक्षता तथा पोखराका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा समाजसेवी एवं नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति एवं समितिका सल्लाहकार शुक्रराज शर्मा, पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, वडा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र वडा १३ का वडाध्यक्ष किरण बरालसहितको सहभागिता थियो ।

मन्दिर पुनर्निर्माणका लागि समाजसेवी रामजन केसीको संयोजकमा एक उपसमिति पनि गठन गरिएको छ । सहसंयोजकमा वडा ३ का निवर्तमान वडाध्यक्ष रविन्द्रबहादुर प्रजु, उपसंयोजकमा वडा ११ का पूर्व वडाध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’, सचिवमा टुवराज बास्तोला ‘विशाल’, कोषाध्यक्षमा शान्ति श्रेष्ठ उदास, सहसचिवमा शान्ति श्रेष्ठ, सदस्यमा क्रमशः भोला बराल, विष्णु तिमिल्सिना, रविन कायस्थ, रवीन्द्र बाटाजु, अर्जुन पराजुली, प्रेम पुन, विन्दु पान्डे, प्रकाश घिमिरे, किरण बिजुक्छे, क्षेत्रप्रसाद श्रेष्ठ, बन्धुराज पराजुली छन् ।

वरिष्ठ सल्लाहकारमा शुक्रराज शर्मा, धनराज आचार्य तथा सल्लाहकारमा प्रेमप्रसाद कर्माचार्य, प्रकाशमान उदास, महेश पराजुली, राधेश्याम उदास र प्रकाशमोहन भट्टराई छन् ।

Advertisement

प्राचीन मन्दिर केवल धार्मिक आस्थाको स्थल मात्र नभई, पर्यटनको आकर्षणसहित सांस्कृतिक र ऐतिहासिक सम्पदा र वैभव बोकेका आकर्षणका केन्द्र भएको लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण समितिका सचिव टुवराज बास्तोला ‘विशाल’ ले बताए । उनका अनुसार यी मन्दिरहरू निर्माण प्रविधि, कलात्मकता र समाजको आस्थालाई दर्शाउने महत्वपूर्ण प्रतीक समेत हुन् ।

विसं १९३७ साल पूर्व फिरन्ता ब्रम्हचारीद्वारा स्थापित लक्ष्मी नारायणथान मन्दिरमा देश तथा विदेशबाट बर्सेनि हजारौं भक्तजन दर्शन तथा पूजाका लागि आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया